प्रदेश १ मा ९ जनामा कोरोना संक्रमण — OSNepal

प्रदेश १ मा ९ जनामा कोरोना संक्रमण

LC (KTM) January 02, 2022 0

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना संक्रमण भएको छ । २६९ जनाको पीसीआर परीक्षण गर्दा ८ र ९४ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २, झापा र सुनसरीमा १–१, प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा २, झापाको मेचीनगर र सुनसरीको इटहरीमा १–१, प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।प्रदेश १ मा आज ६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३ महिला र ३ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १२१ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर