महामन्त्रीमा पराजित भएका प्रदीप पौडेलसहित तिन जनालाई देउवाले गरे केन्द्रिय सदस्यमा मनोनित — OSNepal

महामन्त्रीमा पराजित भएका प्रदीप पौडेलसहित तिन जनालाई देउवाले गरे केन्द्रिय सदस्यमा मनोनित

LC (KTM) January 02, 2022 0

काठमाडौं १८ पौष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तिन जनालाई केन्द्रिय सदस्यमा मनोनित गरेका छन् । पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार एक विज्ञप्ती जारी गर्दै यसको जानकारी गराएका हुन् ।

केन्द्रिय सदस्यमा मनोनित हुनेमा १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी फिर्ता लिएका कल्याण गुरुङ रहेका छन् । उनले उम्मेदवारी फिर्ता लिएर देउवालाई सघाएका थिए ।

त्यसैगरी अर्का महामन्त्रीमा पराजित नेता प्रदीप पौडेल रहेका छन् । प्रदीप पौडेल र कल्याणकुमार गुरुङ रहेका छन् । तेस्रोमा कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका सहमहामन्त्रीमा पराजित जिवन बहादुर शाही रहेका छन् ।

तिनै नेताहरुलाई सभापति देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिमकेन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर