सभापति शेबहादुर देउवाले गुटबन्दी सुरु गरेको कोइरालाको आरोप — OSNepal

सभापति शेबहादुर देउवाले गुटबन्दी सुरु गरेको कोइरालाको आरोप

LC (KTM) January 02, 2022 0

काठमाडौं १८ पौष । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेबहादुर देउवाले गुटबन्दी सुरु गरेको बताएका छन् । आइतबार नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहस बोल्दै नेता कोइरालाले देउवामाथि यस्तो आरोप लगाएका हुन् ।

शनिबार सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रिय सदस्यमा मनोनित गरेसँगै देउवाले गुटवन्दी गरेको आरोप लगाएका हुन् ।

पार्टीको १४ औं महाधिवेशनमा सभापति उपसभापति तथा महामन्त्रीमा पराजित भएका पाँच जना सहित १० जनालाई देउवाले केन्द्रिय सदस्यमा मनोनित गरेका थिए ।

यस विषयलाई लिएर आक्रोश पोखेका कोइरालाले महेश आचार्य, चन्द्र भण्डारी, मीनेन्द्र रिजाल र प्रदीप पौडेललाई किन मनोनित नगरेको भन्दै कार्यक्रममा भनेका छन् ।

‘नेपाली कांग्रेको समस्या के हो भने सभापतिले नै गुटबन्दी गर्न थालिसक्नुभयो । १० जना केन्द्रीय सदस्य मनोनयन गर्दा महेश आचार्य, चन्द्र भण्डारी, मीनेन्द्र रिजाल र प्रदीप पौडेललाई किन गर्नुभएन ? अब पार्टीका साथीहरुले पक्कै सोध्नुहुन्छ ।’

नेता पौडेललाई मात्र मनोनित गरेको भएका पौडेलको सम्मान हुने बताएका उनले आफुले हारेपनि लोकतन्त्रको जित भएको बताएका छन् ।

‘बाध्यता छैन भने १० जनामा ५ जना पराजित उम्मेदवारलाई किन ल्याउनुभयो त ?शेरबहादुरजीले गुटको बिजारोपण मनोनीतबाट सुरु गरिसक्नुभयो । मनोनयन गर्न बाँकी छ भन्ने हो भने रामचन्द्र पौडेलजीलाई मात्र एक्लै किन गर्नुभएन?’ कोइरालको प्रश्न रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर