शव बोकेर जाँदै गरेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु र ८ जना घाइते — OSNepal

शव बोकेर जाँदै गरेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु र ८ जना घाइते

LC (KTM) January 02, 2022 0

काठमाडौं १८ पौष । मलामी बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु हुनुको साथै ८ जना घाइते भएका छन् ।

बुटवलबाट रिडितर्फ शव बोकेर जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दिकोट–२ लगुवामा सडकबाट करिब डेढ सय मिटर तल खस्दा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा घाइते भएकाहरुलाई उपचारको लागि तानसेनस्थित मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा पठाइएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

आइतबार बिहान करिब १०ः३० बजेको समयमा ३५ जना यात्रु सवार उक्त बस दुर्घटना भएको हो । मृतकको भने पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटना हुनुको कारण पनि अनुशन्धानकै विषय रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर