माओवादी महाधिवेशन : वन्दसत्र स्थगित — OSNepal

माओवादी महाधिवेशन : वन्दसत्र स्थगित

LC (KTM) January 01, 2022 0

काठमाडौं १७ पौष । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्र्तगत जारी वन्दसत्र स्थगित भएको छ ।

आज राति अबेरसम्म नयाँ नेतृत्वको लागि निवार्चन कार्यक्रम भएकाले भोली आइतबार दिउँसो १ बजेसम्मका लागि वन्द सत्र स्थगित गरिएको बताएको छ ।

अहिले ८ बजेबाट उम्मेदवारी दर्ता गरिने कार्यतालिका रहेको छ ।

यो पनि…

माओवादी महाधिवेशन : नेतृत्व चयनको लागि आज बेलुका ८ बजेदेखि उम्मेदवारी दर्ता सुरु

काठमाडौं १७ पौष । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्र्तगत आज बेलुका ८ बजेदेखि उम्मेदवारी दर्ता हुने भएको छ ।

नयाँ नेतृत्व चयनको लागि हुने निर्वाचनमा मतदाता नामावली समेत निवार्चन आयोगले प्रकाशित गरिसकेको छ । अहिले ८ बजेबाट बाट साढे ८ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

केन्द्रीय निर्वाचन आयोगका संयोजक विष्णुपुकार श्रेष्ठले निर्वाचन कार्यक्रमको कार्यतालिका सार्वजनिक गरेका छन् । जसमा उम्मेदवारको विरोधमा उजुरीको सूचना दिने, ८: ४० देखि ९ बजेसम्म उजुरीउपर छानबिन र निर्णय गरिने समय तोकिएको छ ।

साथै ९:१० बजे उम्मेदवारको नामावली पुनस् प्रकाशन तथा ९ :३० देखि ११ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने समय दिइएको छ ।

यसैगरी राति ११ : १५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी ११: ३० देखि राति ४ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर