नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेतृत्व राम्रो भए कार्य सम्पादन समेत राम्रो हुने बताएका छन् । उनले जुनसुकै क्षेत्रमा पनि सही नेतृत्व भए सही परिणाम आउने बताए । आज राजधानीमा आयोजित सृजनशील इन्भेष्टमेन्ट प्रालिको पाँचौ साधारणसभाको उद्घाटन गर्दै घिसिङले नेतृत्व मात्र असल भएमा सबै काम राम्रो हुदै जाने बताए ।
कार्यकारी निर्देशक घिसिङले निजी, साझेदारी तथा सरकारी जुनसुकै क्षेत्रको संघ–संस्था वा कम्पनीमा सही नेतृत्वले जिम्मेवारी प्राप्त गर्ने हो भने त्यस्ता संस्थाहरुले एक दुई वर्षमा नै कायापलट गर्ने बताए । उनले नेतृत्व असल र इमान्दार भइदिए जुनसुकै संस्थाहरुको आर्थिक लगायत हरेक क्षेत्रमा गुणात्मक विकास गर्न सकिने दाबि समेत गरे । साधारणसभामा बोल्दै उनले यस कार्यको लागि सृजनशील इन्भेष्टमेन्ट प्रालि राम्रो उदाहरण भएको बताए ।