गण्डकीका दुई सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने — OSNepal

गण्डकीका दुई सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने

LC (KTM) December 31, 2021 0

पोखरा, १६ पुस-गण्डकीका दुई सडकमा सुरुङ मार्ग बनाउन सम्भाव्यता अध्ययन गरिने भएको छ । सडक विभागले बागलुङ र कास्कीदेखि स्याङ्जा जोड्ने सडकमा सुरुङमार्ग बनाउने निर्णय गरेको हो ।

बागलुङको बागलुङ बजारदेखि विहुँ हुँदै नरेठाँटी जोड्ने र कास्कीको फुस्रेखोलादेखि स्याङ्जा–गुडीखुला सुरुङका लागि अध्ययन गर्न लागिएको हो ।

यसका लागि सम्भाव्यता अध्ययन गर्न परामर्शदाता छनोटको आशयपत्र माग गरिएको छ । बिहीबार सूचना निकालेर आशयपत्र माग गरिएको हो । योसँग नेपालका अन्य ३ वटा सडकमा पनि सुरुङमार्गको अध्ययन गरिने भएको छ ।

रारा राजमार्गको कुसेपाटन, जाजरकोट हुँदै जुम्ला सडक, पाल्पाको प्रवास देखि जोर्ते सडक र भक्तपुरको ताथलीदेखि सिन्धुपाल्चोकको रावियोपी सडकमा सुरुङ मार्ग बनाउन प्रस्ताव गरिएको हो । पुस ३० गतेभित्र आशयपत्र मागेर अध्ययनको प्रक्रिया अघि बढाइने विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर