बहराइनका राजकुमार लिन विशेष जहाज आज ५ बजे काठमाण्डौ आउँदै — OSNepal

बहराइनका राजकुमार लिन विशेष जहाज आज ५ बजे काठमाण्डौ आउँदै

LC (KTM) May 31, 2021 0

काठमाडौं-सगरमाथा आरोहणको लागि नेपाल आएका बहराइनका राजकुमारसहितको टोलीलाई लिन विशेष जहाज काठमाण्डौ आउने भएको छ । राजकुमार मोहम्मद हमाद मोहम्मद अल खालिफासहितका सदस्यलाई लिन विशेष जहाज आज बेलुकी साढे पाँच बजे काठमाण्डौ आइपुग्ने बताइएको छ । राजकुमारसहित १० जनाको टोलीलाई लिएर र जहाज भोलि फर्कने बताइएको छ ।

बहराइनका राजकुमार खालिफासहितको टोलीले अघिल्लो वर्ष लोबुचे र मनास्लु हिमालको पनि सफल आरोहण गरेको थियो ।सगरमाथा आरोहणको लागि राजकुमारसहित १० जनाको टोली गएको चैत २ गते नेपाल आएको थियो । यो टोलीले वैशाखको २८ गते सगरमाथा आरोहण गरिसकेको छ ।

यो पनि पढ्नुहोस- कोरोना जितेर घर फर्के पछि निर्देशक लामिछानेले भने ‘आफ्नै जिन्दगीसँग लड्न गाह्रो हुँदो रहेछ तर सरिता जस्तो श्रीमती पाएकोमा भाग्यमानी छु’ – चलचित्र निर्देशक ऋषि लामिछानेले कोरोना जितेका छन् ।उनले सामाजिक संजाल मार्फत कोरोनालाई जितेको जानकारी दिएका हुन् ।हार्दिक आभार’ शीर्षकमा एउटा स्टाटस पोष्ट गरेका लामिछानेले अस्पतालबाट स्वस्थ्य भएर घर फर्किएको एक साता भएको बताएका छन् ।लामिछानेले लेखेका छन् ।मेरो स्वास्थ्य लाभको कामना गर्नुहुने सबै व्यक्तित्वहरुमा नमन ।

अरुसँंग लड्न सजिलो होला, तर आफ्नै जिन्दगीसँग लड्न गाह्रो हुँदो रहेछ ।’‘निमोनियाको औषधि खाँदैछु, अब एक महिना रेस्ट गर्नु पर्नेछ’ ‘लडे खिसी गर्ने र हिँडे खुट्टा तान्नेहरूको बिचमा उभिएका छौं हामी सबै । को आफ्नो को पराई, को नजिकको टाढा, कसले मन र मुटुबाट बोल्यो, कसले ठिक्क पार्यो, कसले माया गर्यो, कसले मायाको नाटक गर्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर