यस्तो भएपछि नेकपा एमालेको स्थायी कमिटिको बैठक दोस्रो पटक पनि स्थगित — OSNepal

यस्तो भएपछि नेकपा एमालेको स्थायी कमिटिको बैठक दोस्रो पटक पनि स्थगित

LC (KTM) May 31, 2021 0

काठमाडौं जेठ १७ । लुम्बिनी प्रदेशसभा सदस्य उपनिवार्चनको कारण दोस्रो पटक आज पनि नेकपा एमाले स्थायी कमिटिको बैठक स्थगित भएको हो । हिजो साँझ बस्ने भनिएको स्थायी कमिटीको बैठक आज दोस्रो पटक स्थगित भएको हो ।

सरकारले ल्याएको बजेटको विषयमा छलफल गर्न भनी डाकिँएको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आफ्नो तयारी नपुगेको भनेपछि आजलाई सारिएको बैठक उपनिवार्चनले गर्दा स्थगित भएको हो । अब भोली मंगलबार ११ बस्ने नेकपा एमाल केन्द्रिय कार्यालय सचिव शेरबहादुर तामाङले बताएका छन् । साथै बैठकमा माधव नेपाल समुहका स्पष्टीकरण सोधिएका १२ जना नेतालाई पनि कारवाही गर्ने विषयमा छलफल हुने बताइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर