यार्सा सङ्कलनमा गएकी महिलाको तीन दिनसम्म पेट दुख्न निको नभएपछि मृ त्यु — OSNepal

यार्सा सङ्कलनमा गएकी महिलाको तीन दिनसम्म पेट दुख्न निको नभएपछि मृ त्यु

LC (KTM) May 31, 2021 0

दार्चुला, १७ जेठ- अपी हिमाल गाउँपालिका–५ का एक महिलाको यार्सागुम्बा सङ्कलनका क्रममा एकजना महिलाको मृ त्यु भएको छ । यार्सागुम्बा सङ्कलनका लागि अपी हिमाल गाउँपालिकाको सातगङ्गा वनमा गएको बेला ४० वर्षीया चुन्धरी धामीको मृ त्यु भएको हो ।

यार्सागुम्बा सङ्कलनका लागि गत वैशाखमै पाटन पुगेकी धामीको पेट दुख्ने समस्या थियो । दुई÷तीन दिनसम्म पेट दुख्न निको नभएपछि मृ त्यु भएको आफन्तले जनाएका छन् । मृ तकको शवलाई आइतबार घर ल्याइएको छ । मृतकका दुई छारा र दुई छोरी छन् । यसअघि अपी हिमाल गाउँपालिका–४ का एक मोहनसिंह ठेकरेको पनि यार्सागुम्बा सङ्कलनका क्रममा हिउँ पहिरामा परी मृ त्यु भएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर