माओवादीको आठौं महाधिवेशन : आफुले प्रस्तुत् गरेको प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रचण्ड — OSNepal

माओवादीको आठौं महाधिवेशन : आफुले प्रस्तुत् गरेको प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रचण्ड

LC (KTM) December 31, 2021 0

काठमाडौं १६ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको जारी आठौं महाधिवेशनमा आफुले प्रस्तुत् गरेको राजनीतिक प्रतिवेदनमाथि छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिने भएका छन् ।

पौष ११ गते देखि सुरु भएको महाधिवेशन अन्र्तगत सोमबार अध्यक्ष प्रचण्डले ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’शिर्षक नामक राजनीतिक प्रतिवेदन प्रस्तुत् गरेका थिए ।

उक्त प्रतिवेदन माथि छलफलग गर्न बनाइएको २५ वटा समुहले उठाएको प्रश्नको आज शुक्रबार जवाफ दिने भएका हुन् ।

आज दिउँसो १ बजे सुरु हुने बन्द सत्रमा लेखा, अनुशासन र निर्वाचन आयोगमा प्रतिवेदन प्रस्तुत हुने कार्यक्रम रहेको छ ।

बुधबार ११ समुह र बिहिबार १४ समुहले दिएको सुझावमा ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेजमथि नै प्रश्न उठेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर