पछिल्लो समय खेलाडी लाई कारबाही गरेको र कप्तान परिवर्तन गरेका कारण नेपाल क्रिकेट संघ क्यान आलोचित हुदै आएको छ । खेलकूदमन्त्री देखी लिएर प्रधानमन्त्री सम्मले यसका बिषयमा चासो राखेका थिए । यसैक्रममा अब नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले पनि आफ्नो राय ब्यक्त गरेका छन् ।
उनले टिमको कप्तान परिवर्तन गर्ने अधिकार यान सँग रहेको प्रतिक्रिया दिएका छन् । मुख्य प्रशिक्षकको रुपमा कार्यभार सम्हालेपछि पहिलो पटक आज आयोजना गरेको पत्रकार सम्मेलनमा पुबुदुले कप्तान परिवर्तनको अधिकार क्यानको भएको बताएका हुन्। पुबुदु भन्छन् -मैले क्यान र खेलाडी दुबै पक्षसँग छलफल गरेको छु । क्यानको पक्षबाट भनेका छन् कप्तान परिवर्तन हुने छैन ।
त्यो निर्णय गर्ने क्यानको अधिकार हो । अब त्यहिँ नै निर्णय हुनेछ । क्यानले गत महिना ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई कप्तान चयन गरेको थियो । क्यानले कप्तान मल्लसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई समेत जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो।