पृथ्वीनारायण शाहको शालिक फुटाएर हामी गणतन्त्रको गीत गाउँछौं : बाँस्कोटा — OSNepal

पृथ्वीनारायण शाहको शालिक फुटाएर हामी गणतन्त्रको गीत गाउँछौं : बाँस्कोटा

LC (KTM) December 30, 2021 0

काठमाडौं १५ पौष । नेकपा एमालेका नेता तथा नेपाल खेलकुद महासंघका इन्चार्ज गोकुल बास्कोटाले राजनीतिक दलहरुले खेलाडीहरुलाई दुरुपयोग गर्ने गरेको बताएका छन् ।

बिहिबार नेपाल खेलकुद महासंघले आयोजना गरेको एक कार्यक्रममा सहभागी भएका बाँस्कोटाले यस्तो बताएका हुन् । पञ्चायतकालमा व्यवस्था जोगाउन तथा बहुदल कालमा दलहरुले बुथ कब्जा गर्न खेलाडीहरुलाई दुरुपयोग गरेको भन्दै उनले अब त्यस्तो हुन नदिने बताएका छन् ।

खेल क्षेत्रले राष्ट्र, राष्ट्रियता र राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका उनले खेल क्षेत्र र त्यसका खेलाडीहरुलाई राष्ट्र निर्माणका लागि उपयोग गर्नुपर्ने बताएका छन् ।

‘हामी त यो तरिकाले बिग्रियौं कि देश एकीकरण गर्ने पृथ्वीनारायण शाहको शालिक फुटाएर हामी गणतन्त्रको गीत गाउँछौं’ उनले भने । आफ्नो देशको मौहिकता बिसिएको बताएका उनले यसो भन्दै आफु राजावादी नभएको स्पष्ट समेत पारेका छन् ।

‘हिजो पञ्चायतका कालमा व्यवस्थाको रक्षाका निम्ति खेलाडीहरुलाई प्रयोग गरियो भने बहुदल कालमा भोट मेसिनको रुपमा प्रयोग गर्न खोजियो । अब गणतन्त्रमा चाहीं खेल कुनै दलको भोट प्राप्त गर्ने भोटिङ मेसिन हुँदैन । राष्ट्रको, राष्ट्रियताको र राष्ट्रिय गौरवको, राष्ट्रिय आत्माविश्वासको र राष्ट्र निर्माणको निम्ति यो खेल जगतलाई प्रयोग गर्नुपर्दछ । खेल क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तरगत रक्सी कारखानामा पनि सहयोग गर्नुपर्ने हुन्छ ।’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर