उमेर हद विधानमै तोकिनुपर्ने बताएका पौडेलले भने -केन्द्रीय पदाधिकारीमा सात उपाध्यक्ष राख्दा राम्रो सन्देश जाँदैन — OSNepal

उमेर हद विधानमै तोकिनुपर्ने बताएका पौडेलले भने -केन्द्रीय पदाधिकारीमा सात उपाध्यक्ष राख्दा राम्रो सन्देश जाँदैन

LC (KTM) December 30, 2021 0

काठमाडौं १५ पौष । नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनको बन्द सत्रमा अध्यक्ष प्रचण्डले प्रस्तुत् गरेका राजनीतिक प्रतिवेदन माथि समुहगत छलफल जारी छ ।

बुधबारबाट जारी समुहगत छलफलका क्रममा महाधिवेशन प्रतिनिधिहरुले पार्टीको केन्द्रीय पदाधिकारीमा सात जना उपाध्यक्ष राख्दा राम्रो सन्देश नजाने सुझाव दिएका छन् ।

गण्डकी प्रदेशका तर्फबाट नेता देवेन्द्र पौडेलले आफ्नो समुहगत छलफलका क्रममा सो कुरा बताएका हुन् । ‘केन्द्रीय पदाधिकारीमा सात उपाध्यक्ष राख्दा राम्रो सन्देश जाँदैन’ पौडेलले भने ।

पार्टीको सल्लाहकार कमिटी विज्ञ समूहबाट छानिनुपर्ने ,विशिष्ट अवस्थामा बाहेक एक कार्यकालभन्दा बाहेक पदाधिकारी हुन नहुने र उमेर हद विधानमै तोकिनुपर्ने समेत नेता पौडेले सुझाव दिएका छन्

। आज १४ वटा समुहले आफ्नो समुहको प्रतिवेदन माथि सुझाव दिइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर