पूर्वपश्चिम राजमार्ग आजबाट अनिश्चितकाल बन्द गर्ने सीके राउतको घोषणा — OSNepal

पूर्वपश्चिम राजमार्ग आजबाट अनिश्चितकाल बन्द गर्ने सीके राउतको घोषणा

LC (KTM) December 30, 2021 0

काममाडौं १५ पौष । जनतम पार्टीले आज बिहिबारबाट पूर्वपश्चिम राजमार्ग अनिश्चितकाल बन्द गर्ने घोषणा गरेको छ । पार्टी अध्यक्ष डा सिके राउतले बुधबार राति एक विज्ञप्ती जारी गरेर यस्तो घोषणा गरेका हुन् ।

किसानको माग लिएर एक हप्ता देखि सडमा आन्दोलन गरिहेको जनमत पार्टीले पौष १५ बाट पूर्वपश्चिम राजमार्ग दिउँसोको समयमा अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको हो ।

किसान आन्दोलनका सात बुँदे मागमध्ये कुनैपनि माग पूरा नगरेकाले थप आन्दोलनको थप कार्यक्रम सार्वजनिक गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

मन्त्रीस्तरीय-उच्चस्तरीय वार्ता समिति समेत गठन नगरेको र किसान आन्दोलनको ज्ञापनपत्र लिनसमेत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले अस्वीकार गरेर अहंकार प्रदर्शन गरेको विज्ञप्तीमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर