माओवादी केन्द्रसँग सहकार्य र एकताको ढोका सम्पूर्ण रुपमा बन्द भएको छैन : भट्टराई — OSNepal

माओवादी केन्द्रसँग सहकार्य र एकताको ढोका सम्पूर्ण रुपमा बन्द भएको छैन : भट्टराई

LC (KTM) December 30, 2021 0

काठमाडौं १५ । नेकपा एमालेका नेता विशाल भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रवृति नसच्चाए माओवादीमा पहिरो गरिरहँने बताएका छन् ।

्नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसमा सहभागी भएका नेता भट्टराईले ३५ वर्षदेखि माओवादी केन्द्रमा एकछत्र राज गरेका प्रचण्डले अब पनि आफ्नो प्रवृति नसच्चाए पहिलो गहिनै रहने बताएका छन् ।

‘नेकपा (माओवादी केन्द्र) मा ३५ वर्षदेखि लगातार एउटै व्यक्ति नेतृत्व छ । प्रचण्डलाई चुनौती दिन खोज्ने नेता कार्यकर्ता बहिष्करणमा पर्दै आएका छन् । हामीले नारायणकाजी श्रेष्ठलाई मन खुम्च्याएर बसेको देखिरहेकै छौं । प्रचण्डले कागजी रुपमा आकर्षक कुरा गरेर अलमलाउँदै आउनुभएको छ । अब लामो समयसम्म ढाँट्न सकिँदैन । प्रचण्डको प्रवृत्ति सप्रेन भने माओवादी केन्द्रमा पहिरो जान रोकिँदैन ।’ उनल भने ।

संवैधानिक बाध्यताका कारण माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा बदलेको बताएका उनले माओवादीमा नेतृत्व परिवर्तन, महाधिवेशन भन्ने अहिलेसम्म नदेखिएको बताएका छन् ।

सर्वहारा र कम्युनिस्टका नाममा सरकारी र निजी स्रोत र साधान कब्जा गर्ने व्यापारी र निर्माण व्यवसायीसँग चन्दा उठाएर व्यक्ति मोटाउँदै गएका माओवादीले आफुलाई पनि ४६ दिन अपरहण गरेको कार्यक्रममा खुलासा गरेका छन् ।

राजनीतिमा असम्भव केही नभएको भन्दै माओवादी केन्द्रसँग सहकार्य र एकताको ढोका सम्पूर्ण रुपमा बन्द नभएको पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर