नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारको चार जनाको निधन — OSNepal

नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारको चार जनाको निधन

LC (KTM) December 30, 2021 0

काठमाडौं १५ पौष । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर चार जनाको मृत्यु भएको छ ।

अस्पतालको क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराईको चार जनाको परिवारको निसास्सिएर मृत्यु भएको हो । अन्य तिन जनाको भने उपचार भइरहेको छ ।

कालीकोटको खाडाचक्र स्थायी घर भएका धनप्रसाद भट्टराई, उनकी आमा कोकिला भट्टराई, दिदी नन्दकली र उनका तीन महीनाको छोरा इप्सन भट्टराईको मृत्यु बताइएको छ ।

उपचार हुनेमा उनकी श्रीमती सुशीला, ३ वर्षीय छोरा विवश र भाइ नरेन्द्र भट्टराई रहेका छन् । उनीहरुको भरी अस्पतालमा उपचार भइरहेको छ ।

सातै जनाको परिवार अस्पतालो क्वाटरमा एकै कोठामा सुतेका थिए । बिहान अबेर सम्म पनि ढोका नखोलेपछि प्रहरीले ढोका खोल्दा सबै बहोस अवस्थामा भेटेका थिए ।

प्रहरीले त्यसको लगत्तै उपचारको लागि अस्पताल पुर्याएपनि चारको जनाको भने उपचारको क्रममा ज्यान गएको जनाएको छ ।

टिनको बट्टामा आगो बालेर सुतेका उनीहरुको सुत्ने कोठाको झ्याल, ढोका सबै बन्द भएका कारण निसास्सिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

तथापी, मृत्यु हुनुको आधिकारीक सुचना भने आएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर