जेलजीवन बिताइरहेका रेशम चौधरीले नयाँ दल दर्ता गर्दै — OSNepal

जेलजीवन बिताइरहेका रेशम चौधरीले नयाँ दल दर्ता गर्दै

LC (KTM) December 30, 2021 0

काठमाडौँ-हाल जेलजीवन बिताइरहेका रेशम चौधरीले नयाँ दल दर्ता गर्न लागेका छन् । टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त ठहर भएका उनले आफ्नै नाममा नयाँ दल दर्ता गर्न लागेको बताइएको छ ।

यदि उनको नाउमा निर्वाचन आयोगले दल दर्ता गर्न नमानेमा वा नदिइएमा राज थारुको नाममा दर्ता गरिने बताइएको छ ।‘नागरिक उन्मुक्ति पार्टी’ नाम दिइएको उक्त नयाँ दलको नेतृत्व हाल राज थारुले नै गरिरहेका छन् ।

दर्ताको लागि आइतबारदेखि मंगलबार सम्म तीन दिन काठमाडौँमा मुख्य स्थानहरूमा विभिन्न कार्यक्रम रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर