यी हुन् रुघा लाग्दा बन्द नाक खुलाउने घरेलु उपाय — OSNepal

यी हुन् रुघा लाग्दा बन्द नाक खुलाउने घरेलु उपाय

LC (KTM) December 30, 2021 0

काठमाडौं । मौसम परिवर्तनसँगै अधिकांश मानिसलाई लाग्ने गर्छ, रुघा । रुघा ठूलो रोग होइन, सामान्य नियमहरूको पालना गरेमा यो आफैं ठीक हुन्छ । तर रुघा लाग्दा जथाभावी गरेमा त्यसबाट ठूलो समस्या आइपर्छ । रुघालाग्दा जथाभावी खाएमा रुघा बिग्रन्छ र पिनास हुने (पीप जम्ने), मासु बढ्ने, एलर्जी हुने, घाँटीसम्बन्धी रोग लाग्ने, आँखा दुख्ने, टाउको असैह्य गरी दुख्ने जस्ता समस्याहरू हुने गर्दछन् ।

रुघा लाग्दा जोडले सिंगान फ्याँक्ने गरेमा त्यसबाट कानको जाली फुट्ने पनि हुन्छ । रुघा बिग्रिएकै कारण कडा पिनास र कान पाक्ने भएर मस्तिष्कमा समेत असर परी नराम्रो रोग हुनेलगायत रुघाबाट खोकी सुरु भई ब्रोङकाइटिस दम तथा छातीको संक्रमण एवम् एलर्जीजस्ता समस्याहरू पनि आइ पर्न सक्छन् । यसरी रुघाले अनेक समस्या ल्याउन सक्ने भएकोले रुघाप्रति लापरबाही कहिल्यै गर्नु हुँदैन ।

रुघा लाग्दा विशेषगरि यी कार्य नगर्नु लाभदायिक हुन्छ :
१.रुघा लागेमा चिसोले मुख धुने, नुहाउने र चिसो छुने काम नगर्नुस् । शारीरिक व्यायाम, बढी दौडधुप नगर्नुहोस् । २. गम्म परेको वा बढी हावा चल्ने ठाउँमा नबस्नुस् । धूलो र धुँवाबाट बच्नुस्, खार (पकाएको धुँवा) आएको ठाउँमा नजानुस् । चिसोमा नहिँडनुस् । यदि हिँड्नै परेमा न्यानो लुगा लगाउने, कान, घाँटी छोप्ने र नाक एवं मुख छोप्ने गरी मास्क लगाउने गर्नुस् ।

३. रुघामा ज्वरो पनि आएको छ भने त पूर्णरूपले आराम गर्नुस् तर सिरक ओढ्ने नगर्नुस् । ४. रुघा लाग्नासाथ दिनको तीन÷चार पटक तातो पानीले बाफ नाक र मुखबाट पालैसँग पाँचदेखि सात मिनेटसम्म लिनुस् ।

५. नाक बन्द छ भने नुनपानी मनतातो गरी नाकमा ५, ६ थोपाको दरले राख्नुस् । यदि यसले खुलेन भने षड््बिन्दु आयुर्वे्दिक) तेल वा अन्य नोजल ड्रप (नाक खुलाउने औषधि) प्रयोग गर्नुस् । तर नोजल ड्रपको प्रयोग लगातार र सकेसम्म गर्नु हुँदैन । बढी उकुसमुकुस भएर सुत्न बस्न गाह्रो भएमा मात्र नाकमा दुई, तीन थोपा प्रयोग गर्दा केही फरक पर्दैन ।

६.बाफ लिइसकेपछि (यदि ज्वरो छैन भने) नाक, घाँटी, छाती र ढाडमा तातोले १५, २० मिनेटसम्म सेक्नुस् । यसरी सेक्दा मेन्थोलयुक्त लेपनहरू (जस्तै मिक्स, बाम, स्विचो आदि) बाह्यरूपले छाती, घाँटी र ढाडमा दल्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर