नेकपा एमाले मोरंगको ९ औ जिल्ला अधिबेशनमा १ हजार ३ सय प्रतिनिधि सहभागि हुने — OSNepal

नेकपा एमाले मोरंगको ९ औ जिल्ला अधिबेशनमा १ हजार ३ सय प्रतिनिधि सहभागि हुने

LC (KTM) December 29, 2021 0

नेकपा एमाले मोरङको ९ औं जिल्ला अधिवेशनमा १ हजार ३ सय प्रतिनिधि सहभागी हुने भएका छन् । पुस २३ गते विराटनगरमा हुने जिल्ला अधिवेशनमा १७ स्थानीय तहका १५९ वटै वडाहरुबाट १ हजार ३ सय प्रतिनिधि सहभागी हुने पार्टी कार्यालय पाञ्चालीमा आज आयोजित पत्रकार सम्मेलनमा प्रचारप्रसार उपसमितिका संयोजक रुपेश खतिवडाले जानकारी दिए ।

जिल्ला कमिटी, जिल्ला लेखा आयोग र निर्वाचन आयोगका सम्पूर्ण सदस्यहरु आयोजकका रुपमा प्रतिनिधि रहने उनले बताए । जिल्ला सल्लाहकार परिषद र जिल्ला जेष्ठ कम्युनिष्ट मञ्चबाट १०/१० जना प्रतिनिधि चयन हुने प्रचार प्रसार उपसमितिका संयोजक खतिवडाले बताए ।

उनका अनुसार जनसंगठनहरुबाट जिल्ला स्तरमा ५/५ जना, मजदुरका सम्पूर्ण शाखा र ट्रेड युनियन महासंघबाट २१ जना, मोरङ–काठमाडौं सम्पर्क मञ्चबाट ५ जना, पिछडा वर्ग महासंघ (ओबिसी) बाट ५ जना, दलित पार्टी सदस्यहरुको भेलाबाट २५ जना बराबर १ प्रतिनिधि छनोट हुने छन् ।

जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि आवश्यक पर्ने आर्थिक श्रोतका लागि पार्टी सदस्यहरुलाई मुख्य आधार बनाइ मोरङमा रहेका करिब ३५ हजार पार्टी सदस्यहरु प्रत्येकबाट ५०–५० का दरले अधिवेशन सहयोग रकम संकलन गरिने र प्रतिनिधिहरुबाट ५०० र आयोजकबाट १ हजार शुल्क लिइने खतिवडाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर