एभिसी सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपको उपाधी रक्षा गरेको महिला टोलीलाई जनही ५ लाख दिने सरकारको घोषणा — OSNepal

एभिसी सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपको उपाधी रक्षा गरेको महिला टोलीलाई जनही ५ लाख दिने सरकारको घोषणा

LC (KTM) December 29, 2021 0

एभिसी सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपको विजेता नेपाली महिला भलिबल टोलीका खेलाडीहरुलाई सरकारले नगद पुरस्कार दिने भएको छ । उज्वेकिस्तानलाई पराजित गर्दै एभिसी सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपको विजेता बनेको भलिबल टोलीका सबै खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

साबिकको च्याम्पियन समेत रहेको नेपाली टोलीले लगातार दोस्रो पटक उपाधी चुमेको हो । नेपाली टोलीका खेलाडीलाई ५ लाख, प्रशिक्षकलाई ३ लाख र अफिसियललाई २ लाख दिने निर्णय सरकारले गरेको छ । नेपालले अपराजित रहदै उपाधीको रक्षा गरेको थियो ।

नेपालले हिजे भएको फाइनलमा उज्बेकिस्तामाथि ३–२ सेटले जित निकाल्दै लगातार प्रतियोगिताको उपाधि रक्षा गरेको हो । नेपाली टोली भोलि स्वदेश फर्कँदै छ। यसैबीच राष्ट्रपति, प्रधानमन्त्री तथा खेलकूद मन्त्रीले समेत नेपाली टोलीलाई बधाई दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर