प्रदेश १ मा ८ जनामा कोरोना संक्रमण — OSNepal

प्रदेश १ मा ८ जनामा कोरोना संक्रमण

LC (KTM) December 29, 2021 0

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना संक्रमण भएको छ । ३०५ जनाको पीसीआर परीक्षण गर्दा ८ र ७८ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र झापामा ३–३ र सुनसरीमा २ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा र झापाको विर्तामोडमा ३–३, सुनसरीको दुहवी र धरानमा १–१ जनामा संक्रमण देखिएको हो । प्रदेश १ मा आज ६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २ महिला र ४ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १०९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर