थप २२० जनामा कोरोना संक्रमण हुँदा २ जनाको मृत्यु — OSNepal

थप २२० जनामा कोरोना संक्रमण हुँदा २ जनाको मृत्यु

LC (KTM) December 29, 2021 0

काठमाडौं १४ पौष । नेपालमा पछिल्लो २४ घण्टामा थप २२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २४ हजार १ सय ७५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको ६ हजार ३ सय ३३ पीसीआर परीक्षणका क्रममा २०९ जना र १ हजार १ सय ७५ एन्टिजेन परीक्षणका क्रममा ११ जना गरी २२० जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा २५३ जना संक्रमणमुक्त भएका भने २ जनाको ज्यान गएको छ ।

यो संगै नेपालका कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५ सय ९० जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर