भलिबलमा उपाधी जितेको महिला टोलीलाई राष्ट्रपतिको बधाई — OSNepal

भलिबलमा उपाधी जितेको महिला टोलीलाई राष्ट्रपतिको बधाई

LC (KTM) December 29, 2021 0

एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिएकी छिन् । सामाजिक संजाल ट्वीटर मार्फत आज राष्ट्रपति भण्डारीले उपाधि हासिल गरी राष्ट्रको प्रतिष्ठा उँचो बनाएको भन्दै बधाई दिएकी हुन् ।

राष्ट्रपतिले भनेकी छिन्- एभीसी सेन्ट्रल जोन महिला च्यालेन्ज कप’ मा लगातार दोस्रो पटक उपाधि हासिल गरी राष्ट्रको प्रतिष्ठा उँचो बनाउने नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई हार्दिक बधाई छ । साथै भविष्यमा निरन्तर सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाली महिला टोलीलाई प्रधानमन्त्री शेर बहादुर देउवाले पनि बधाई दिएका थिए ।

त्यस्तै युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपाली टोलीलाई बधाई दिएका थिए । बंगलादेशको ढाकामा हिजो उज्वेकिस्तानलाई पराजित गर्दै नेपाली महिला टोली उपाधी जित्न सफल भएको थियो । नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । यसअघिको उपाधी पनि नेपालले जितेको थियो । पुरुषतर्फ भने नेपाल चौंथो स्थानमा रह्यो ।तेस्रो स्थानका लागि भएको खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर