प्रचण्डको प्रतिवेदन माथि ११ वटा समुहको छलफल सकियो — OSNepal

प्रचण्डको प्रतिवेदन माथि ११ वटा समुहको छलफल सकियो

LC (KTM) December 29, 2021 0

काठमाडौं १४ पौष । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत् गरेको राजनीतिक प्रतिवेदन माथि आज बुधबार ११ वटा समुहले आफ्नो छलफलको निष्कर्ष दिएका छन् ।

प्रस्तुत् गरेको प्रतिवेदन माथि छलफल गर्न बनाइएको २५ समुह मध्ये आज ११ वटा समुहको प्रस्तुति सकिएको हो ।

बाँकी रहेका १४ समुहको छलफलको निष्कर्ष भोली बिहिबार ११ बजेबाट कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहल हुने भएको छ । गत आइतबारबाट सुरु भएको महाधिवेशनको अहिले बन्द सत्र चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर