सहमति र राष्ट्रको हित अनुकूल हुने गरी एमसीसीलाई अगाडी बढाउनुपर्छ : यादव — OSNepal

सहमति र राष्ट्रको हित अनुकूल हुने गरी एमसीसीलाई अगाडी बढाउनुपर्छ : यादव

LC (KTM) December 29, 2021 0

काठमाडौं १४ पौष । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सहमति र राष्ट्रको हित अनुकूल हुने गरी एमसीसीलाई अगाडी बढाउनुपर्ने बताएका छन् ।

पार्टीको नवलपरासी९बर्दघाट सुस्ता पश्चिम०द्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले यस्तो बताएका हुन् ।

‘पार्टीले समय आएपछि एमसीसीका विषयमा निर्णय लिन्छ । यस विषयमा सहमतिकै आधारमा अघि बढाउनुपर्छ।’ यादवले भने ।

राष्ट्रको हित अनुकूल हुने गरी एमसीसीलाई अगाडी बढाउनुपर्ने बताएका उनले स्थानीय तहको संरचना पनि परितर्वन गर्नुपर्नेमा जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर