जे मन लाग्यो त्यही स्वेच्छाचारी, अनुशासनहीन र अराजक काम गर्ने नेता केपी ओली नै हो: रावल — OSNepal

जे मन लाग्यो त्यही स्वेच्छाचारी, अनुशासनहीन र अराजक काम गर्ने नेता केपी ओली नै हो: रावल

LC (KTM) May 31, 2021 0

काठमाडौँ १७ जेठ । नेकपा एमालेबाट निष्काशित नेता भीम रावलले राष्ट्रपतिसंग मिलिमतो गरी संविधान मिच्दै पटक-पटक प्रतिनिधि सभा भंग गर्ने प्रधानमन्त्री केपी अ‍ोलीले नै अनिष्टको काम गरेको ठहर भएको बताएका छन् ।

नेता रावलले ट्वीटर मार्फत ,राष्ट्रहित विपरीत काम गरेर ओलीले दुई तिहाइलाई अल्पमतमा पार्ने काम गरेको आरोप लगाएका छन् ।पार्टी महाधिवेशनको निर्णय,विधान, निर्वाचित कमटी नमान्ने, अधिवेशनबाट निर्वाचित कमिटीलाई भंग गरेर गुटका मानिस भर्ती गर्ने र जे मन लाग्यो त्यही स्वेच्छाचारी, अनुशासनहीन र अराजक काम गर्ने नेता केपीजी नै भएको नेता रावलको भनाइ छ ।

प्रधानमन्त्री ओलीले पार्टी नेतृत्व अनुशासनहीन र अराजक भनेको विषयलाई लिएर रावलले भनेका छन् , पार्टी महाधिवेशनको निर्णय,विधान, निर्वाचित कमटी नमान्ने, अधिवेशनबाट निर्वाचित कमिटीलाई भंग गरेर गुटका मानिस भर्ती गर्ने र जे मन लाग्यो त्यही स्वेच्छाचारी, अनुशासनहीन र अराजक काम गर्ने आफु गर्ने अनि अरुलाई अनुशासनहीन भन्ने भन्ने भन्दै आक्रोश समेत पोखेका छन् ।

उनले लेखेका छन्-“राष्ट्रपतिसंग मिलिमतो गरी संविधान मिच्दै पटक(पटक प्रतिनिधि सभा भंग गर्ने, संवैधानिक परिषदमा मनपरी गरी संवैधानिक अंगहरूलाई गुट राजनीतिमा धकेल्ने, विदेशी गुप्तचरसंग राती साउती गर्ने,राष्ट्रहित विपरीत काम गर्ने र दुई तिहाइलाई अल्पमतमा झार्ने प्रमं केपीले नै अनिष्टको काम गरेको ठहर्छ।”उनले लेखेका छन्-“राराष्ट्रहित विपरीत काम गर्ने र दुई तिहाइलाई अल्पमतमा झार्ने प्रमं केपीले नै अनिष्टको काम गरेको ठहर्छ।”

प्रमं केपीले एउटा भेलामा पार्टी नेतृत्व अनुशासनहीन र अराजक भएको भन्नु भएछ।हो, पार्टी महाधिवेशनको निर्णय,विधान, निर्वाचित कमटी नमान्ने, अधिवेशनबाट निर्वाचित कमिटीलाई भंग गरेर गुटका मानिस भर्ती गर्ने र जे मन लाग्यो त्यही स्वेच्छाचारी, अनुशासनहीन र अराजक काम गर्ने नेता केपीजी नै हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर