पार्टी केन्द्रीय सदस्यका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन अनिवार्य गर्नुपर्छ — OSNepal

पार्टी केन्द्रीय सदस्यका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन अनिवार्य गर्नुपर्छ

LC (KTM) December 29, 2021 0

काठमाडौं १४ पौष । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरुले पार्टी केन्द्रीय सदस्यका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन माग गरेका छन् । अध्यक्ष

प्रचण्डको राजनीतिक प्रतिवेदनमा भएको सामुहिक छलफल पनि सुनाउने निष्कर्षको क्रममा छलफलमा गर्ने गण्डकी प्रदेशको तर्फबाट सो माग उठेको हो ।

‘पार्टी केन्द्रीय सदस्यका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन अनिवार्य गर्नुपर्छ । ‘सहभागी एक प्रतिनिधिले भनिन् ।

मार्क्सवादको परिमार्जन भन्नुको सट्टा मार्क्सवादको श्रृजनात्मक प्रयोग र विकास भन्नुपर्ने तथा चिनियाँ कम्युनिष्ट पार्टी र त्यहाँको अर्थतन्त्रबारे स्पष्ट उल्लेख गर्नुपर्ने उक्त प्रतिवेदन पछिको सामुहिक छलफलको क्रममा सुुझाव दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर