जुम्लामा हिमपातले चिसो बढ्यो, बालबालिका र वृद्धालाई निकै सास्ती — OSNepal

जुम्लामा हिमपातले चिसो बढ्यो, बालबालिका र वृद्धालाई निकै सास्ती

LC (KTM) December 29, 2021 0

खलङ्गा, १४ पुस -जुम्लाको माथिल्लो भेगमा बुधबार बिहानदेखि हिमपात भएको छ । मङ्गलबारदेखि मौसममा फेरबदल आएसँगै जिल्लामा हिमपात भएकोे जनाइएको छ । हिमपात हुँदा अत्यधिक बढेको जाडोले यहाँको जनजीवन निकै कष्टकर बन्दै गएको तिला गाउँपालिका–१ का स्थानीयवासी मञ्जु बुढाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ गत वर्षभन्दा यो वर्ष धेरै चिसो बढेको छ । हिउँ परेपछि अझै जाडो बढ्दै गएको छ । बालबालिका र वृद्धालाई निकै सास्ती भएको छ ।”

जिल्लाको पातारासी र गुठीचौर गाउँपालिमकामा बाक्लो हिमपात परेको जनाइएको छ । अहिले खलङ्गामा हिउँ परिरहेको छ । गत मङ्सिर महिना सुरु भएदेखि नै यहाँको तापक्रम माइनसमा गएपछि सदरमुकाम खलङ्गामा हिमपातले चिसो अत्यधिक बढेको छ । हिमपातले जिल्लाका सुरक्षाकर्मीलाई समेत समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हिउँ परेपछि जिल्लाबाट नेपालगञ्जसम्मको उडान गर्दै आएका हवाईसेवा समेत ठप्प भएका छन् । कर्णाली राजमार्गमा चल्ने लामो तथा छोटो दूरीमा सवारीसाधन फाट्टफुट्ट मात्र चलेको तिला कर्णाली यातायात समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर