रोजगारका लागी कुवेत पुगेकी महिलाको निधन, परिवारमा रुवाबासी — OSNepal

रोजगारका लागी कुवेत पुगेकी महिलाको निधन, परिवारमा रुवाबासी

LC (KTM) May 31, 2021 0

काठमाडौं-कुवेतमा एक नेपाली महिलाको निधन भएको छ । । बुद्धशान्ति धारागोला स्थायी निवासी मुना राईको मे २० तारिखका हृदयघातको कारण निधन भएको बताइएको छ । केहि वर्ष अगाडी अवैध बाटो हुँदै कुवेत गएकी उनको अल्पाआयुमै निधन भएपछि परिवार शो कमा डुबेको छ । राईको मृ त्युको जानकारी दूतावास आईसकेकोले सम्बन्धित निकाय र परिवार संग समन्वय गरि श ब नेपाल पठाउने तयारी गरेको बताइएको छ ।

यसैबिच कोरोना को संक्रमणबाट कुबेतमा १२ नेपालीको मृत्यु भएको छ । कुबेत दूतावासका अनुसार २०७७ साल बैशाख १ देखि २०७७ चैत ३१ गतेसम्म ५९ जना नेपालीको मृत्यु भएको छ । जस अनुसार कोरोनाका कारण ९ जना पुरुष र ३ जना महिला गरि कुल १२ जना नेपालीको मृत्यु भएको कुबेतबाट हरि बानियाँले जानकारी दिनु भयो।

रोजगारीको सिलसिलामा कुबेतको विभिन्न शहरहरुमा काम गरिरहेका ५९ जना नेपालीहरुको विभिन्न कारणले मृत्यु भएको छ ,जस अनुसार ३८ जना पुरुष र २१ जना महिला रहेका छन् । कुबेतमा एक बर्षको अबधिमा कोरोनाका कारण १२ जना नेपालीको मृत्यु भएको कुबेत दूतावासले जनाएको छ ।

नेपाल पर्याप्त मात्रामा रोजगारी नभएपछि युवाहरू रोजगारीको लागि बिदेश जान बा ध्य भ ए का छन् । नेपाल सरकारले युबाहरु रोजगारीको लागि अब बिदेश जानू पर्दैन स्वदेशमै रोजगार पाउछ भनेर ठुला ठुला सभाहरुमा भा षण गर्ने गरेको छ । तर यो सब सत्ता टिकाउने खेल र भाषणमा मात्र सिमित भएको छ ।करिव ७० हजार भन्दा बढीको हाराहारीमा नेपाली जनसंख्या रहेको कुवेतमा प्राय सडक दुर्घ टना , आ त्मा ह त्या, कोरोना लगायत अन्य रोगबाट नेपालीहरुको निधन भएको दूतावास श्रोतले जानकारी दिएको छ। त्यसैगरी कुवेतको सेन्टरलको जेलमा ४९ जना रहेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर