आज देशका केही भूभागमा ठूलो पानी पर्ने — OSNepal

आज देशका केही भूभागमा ठूलो पानी पर्ने

LC (KTM) May 31, 2021 0

काठमाण्डौ – आज देशका धेरैजसो ठाउँमा बादल लागेर एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुसँगै पश्चिमी वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेकाले देशका धेरैजसो ठाउँमा आंशिकदेखि सामान्य बद्ली भइ प्रदेश-१ र वाग्मती प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भाबना रहेको छ ।

महाशाखाले जनाएअनुसार तर निरन्तर ठूलो पानी पर्ने सम्भावना छैन् । अहिले प्रदेश(१ का धेरैजसो ठाउँमा बादल लागेको छ भने प्रदेश(१ र वाग्मती प्रदेशका केही ठाउँमा सामान्य पानी परिरहेको छ । बाँकी ठाउँमा सामान्य बादल लागेको छ ।आज राति देशका सबैजसो ठाउँमा बादल लागेर केही ठाउँमा पानी र पर्ने र हिमाली क्षेत्रमा सामान्य हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर