इंग्लिस प्रिमियर लिग फुटबलमा साउथ ह्याम्पटनले टोटेनहम लाई बराबरीमा रोक्यो — OSNepal

इंग्लिस प्रिमियर लिग फुटबलमा साउथ ह्याम्पटनले टोटेनहम लाई बराबरीमा रोक्यो

LC (KTM) December 28, 2021 0

इंग्लिस प्रिमियर लिग फुटबलमा साउथ ह्याम्पटनले टोटेनहम लाई बराबरीमा रोक्न सफल भएको छ । आज भएको खेलमा टोटेनहम साउथह्याम्पटनसँग एक एक गोलको बराबरीमा रोकिएको हो ।खेलको २५ औं मिनेटमा साउथ ह्याम्पटनले अग्रता बनाएको थियो । साउथ ह्याम्पटनका लागि जेम्स वार्डले गोल गरेका थिए ।

३९ औं मिनेटमा मोहमद सालिसुले रातो कार्ड पाएपछि साउथह्याम्पटन १० खेलाडीमा समेटियो ।लगत्तै ४१ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई एक एक गोलको बराबरीमा ल्याए ।यस्तै खेलको ५३ औं मिनेटमा केनले गोल गरेका थिए । तर, भीएआरमा अफसाइड देखिएपछि उनको गोलले मान्यता पाएो थिएन ।

यस बराबरीसँगै टोटेनहमले १७ खेलमा ३० अंक जोडेको छ । टोटेनहम छैटौं स्थानमा रहेको छ ।साउथह्याम्पटन २१ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।अर्को खेलमा क्रिस्टल प्यालेसले नर्विचलाई ३ ० ले हराएको छ ।वेस्ट ह्यामले वाट्फोर्डलाई ४ १ ले हराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर