दशरथ रंगशालामा नेपालले मौरिसससँग दुई मैत्रीपूर्ण फुटबल खेल्ने — OSNepal

दशरथ रंगशालामा नेपालले मौरिसससँग दुई मैत्रीपूर्ण फुटबल खेल्ने

LC (KTM) December 28, 2021 0

काठमाडौं, १३ पुस -नेपाली राष्ट्रिय फुटबल टोलीले माघ तेस्रो साता मौरिससविरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले १५ र १८ माघमा मौरिससविरुद्ध त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्न जनाएको हो ।

फिफाको अन्तर्राष्ट्रिय विश्राम दौरान मैत्रीपूर्ण खेलको आयोजना हुनलागेको एन्फाले जनाएको छ ।पछिल्लो पटक नेपालले दशरथ रंगशालामा साउनमा भारतविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

नेपालले असोज अन्तिममा माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलमा भारतलाई नतिजा सुम्पिएपछि उपविजेतामा सीमित भएको थियो ।नेपाल साफ च्याम्पियनसिपको फाइनल प्रवेश गरेको यो नै पहिलो पटक थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर