अंक बिहिन हुदै नेपाल एसीसी अण्डर १९ एसिया कप क्रिकेट प्रतियोगिता बाट बाहिरियो — OSNepal

अंक बिहिन हुदै नेपाल एसीसी अण्डर १९ एसिया कप क्रिकेट प्रतियोगिता बाट बाहिरियो

LC (KTM) December 28, 2021 0

एसीसी अण्डर १९ एसिया कप क्रिकेटमा नेपालले खराब प्रर्दशन संगै आफ्नो यात्रा टुंग्याएको छ । समूह चरणको आफ्नो अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । दुबईको आईसीसी एकेडेमीमा आज भएको खेलमा नेपाल कुवेतसँग १ विकेटले पराजित भयो । नेपालले कुवेत समक्ष २ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

कुवेतले ४८ ओभर ५ बलमा ९ विकेट गुमाएर उक्त लक्ष्य पुरा गरेको थियो । कुवेतका लागि कप्तान मित भाब्सरले अविजित रहदै १ सय ७५ रनको शतकीय इनिङ्स खेले । जुड साल्दन्हाले २५ रन जोडेका थिए । नेपालका गुलशन झाले ३ विकेट लिए पनि हारलाई टार्न सकेनन् । शेर मल्ल, बसिर अहमेद र विवेक यादवले दुई दुई विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभर ३ बलमा अलआउट हुँदै २ सय ३९ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि बसिर अहमेद र विवेक मगरले अर्धशतकीय इनिङ्स खेले । अहमेदले ५६ रनको इनिङ्स खेल्दा विवेकले ५० रन बनाए । यस्तै मोहमद आदील आलमले अर्धशतक बनाउन १ रनले चुकेका थिए ।

शेर मल्लले २१ रन बनाए । कुवेतका मिर्जा अहमेद र अब्दुल साकिदले तिन तिन तथा हेनरी थोमस र मोहमद बासटाकीले दुई दुई विकेट लिएका थिए । यस हारसँगै समूह बी को नेपाल अंकविहीन रहदै समूह चरणबाट बाहिरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर