... त्यो ‘म’ नै ‘बा’ हो : माधव नेपाल — OSNepal

… त्यो ‘म’ नै ‘बा’ हो : माधव नेपाल

LC (KTM) December 28, 2021 0

काठमाडौं १३ पौष । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले इमान्दारिता, निष्ठा र समर्पण भए जनताको मन जित्न सकिने बताएका छन् ।

मंगलबार राष्ट्रिय सभागृहमा आयोजित नेकपा (एस) र नेकपा समाजवादी पार्टी एकतालाई सम्बोधन गर्दै नेपालले आफ्नो पार्टी नेकपा एमाले भन्दै यी तिन चिजले फरक भएको भन्दै यस्तो बताएका हुन् ।

मान्छेको इमान्दारिता हराउँदोरहेछ, निष्ठा हराउँदोरहेछ, समर्पित हराउँदोरहेछ । उ व्यक्तिवादको सिकार हुन्छ ‘म’,’ उनले भने, ‘‘म’ बाट के आउँछ ‘बा’ भएर आउँछ । त्यो ‘म’ नै ‘बा’ हो । हामी त्यस्ता प्रवृत्तिको विरोधी हौँ । यसकारण इमान्दार, निष्ठा र समर्पण लिएर हिँड्ने हो भने, सही विचार लिएर आउने हो भने, जनचाहना बुझ्ने हो भने सही ढंगले अघि बढ्न सकिन्छ । राम्रो संस्कार हुनुपर्छ, जनताको पीडालाई आफ्नो पीडा भन्नुपर्छ ।’ नेपालले भने ।

नेकपा एमालेलाई केपी ओलीले ब्जा गरेपनि नयाँ पार्टी खोलेको बताएका नेपालले आफ्नो पार्टीको प्रभाव देशव्यापी रहेको बताएका छन् ।

‘आज यो पार्टी देशब्यापी रुपमा अघि बढेको छ । सुदूरपश्चिमको प्रदेश सभामा हाम्रो पार्टी ठूलो छ, २ नम्बर पनि ठूलो छ, १ नम्बर बागमती प्रदेशमा हाम्रै मुख्यमन्त्री रहेका छन् । बाँकी प्रदेशमा पनि हाम्रो उपस्थिति छ । ’ पार्टी एकता कार्यक्रममा उनल े भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर