सामाजिक बिकास मन्त्री यादवद्धारा कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रको अनुगमन, सेवाग्राही बाट गुनासो आएको सुन्नु नपरोस् भन्दै थर्काए — OSNepal

सामाजिक बिकास मन्त्री यादवद्धारा कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रको अनुगमन, सेवाग्राही बाट गुनासो आएको सुन्नु नपरोस् भन्दै थर्काए

LC (KTM) December 28, 2021 0

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास बढिरहेका बेला प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरको अनुगमन गरेका छन् । कोभिड अस्पतालले दिईरहेको सेवाका बारेमा मन्त्री यादवले अस्पतालका संयोजक बैजनाथ साह, चिकित्सक, कर्मचारी लगायतसँग छलफल पनि गरेको स्वकीय सचिव देवेन्द्रप्रसाद यादवले जानकारी दिए ।

मन्त्री यादवले कोभिड अस्पतालले दिने सेवाका बारेमा सेवाग्राहीबाट कुनैपनि गुनासो नआउने गरि काम गर्न निर्देशन दिए । उनले प्रदेश सरकारबाट सञ्चालित कोभिड अस्पतालको सेवाका बारेमा गुनासो सुन्नु नपरोस् भन्दै गुण्स्तरिय सेवा प्रदान गर्न सुझाव दिए । मन्त्री यादवले कोभिड संक्रमितको उपचारका खटिएका चिकित्सक, स्वास्थ्यकर्मी तथा व्यवस्थापकहरुको प्रशंसा गरेका थिए ।

मन्त्रिले कोभिड अस्पताल नजिकै निर्माणाधिन भवनको पनि अवलोकन गरे । ७६ वेडको नयाँ भवन निर्माण सम्पन्न भएलगत्तै कोभिड अस्पताललाई हस्तान्तरण गर्ने तयारी गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर