राष्ट्रिय राजनीतिमा हाम्रो पार्टीलाई कसैले बेवास्ता गर्न सक्दैन : माधव नेपाल — OSNepal

राष्ट्रिय राजनीतिमा हाम्रो पार्टीलाई कसैले बेवास्ता गर्न सक्दैन : माधव नेपाल

LC (KTM) December 28, 2021 0

काठमाडौं १३ पौष । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले मान्छेको विचारमा परिवर्तन ल्याउन सकेमात्र समाज परिवर्तन हुने बताएका छन् ।

मंगलबार नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी (जनवादी)बीच एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् ।

वंश विशेषको निरंकुशतालाई राजतन्त्र अन्त्यसँगै समाप्त पारिएको भए पनि वर्तमान समयमा व्यक्ति विशेषको निरंकुशता देखिएको नेता नेपालले औंलाएका हुन् ।

‘व्यक्तिको निरंकुशता विचार र पार्टीको भ-याङ चढेर माथि चढ्ने र स्वार्थको सागर बनाउने रहेछ, ‘जनतमतबाट हिटलर आएका होइनन् ? ‘ भन्दै प्रश्न गर्दै उनले अघि भने , ‘समाजवादकै झण्डा बोकेका थिए त उनले । उनको पतन भयो । अरुको त के हैसियत छ र ?’

नेपाली राजनीतिमा आफ्नो नेकपा एसले हैसियत देखाइसकेको भन्दै उनले भने, ‘राष्ट्रिय राजनीतिमा हाम्रो पार्टीलाई कसैले बेवास्ता गर्न सक्दैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर