प्रचण्डको प्रतिवेदनमाथि राम कार्कीले पेश गरे पूरक प्रस्ताव — OSNepal

प्रचण्डको प्रतिवेदनमाथि राम कार्कीले पेश गरे पूरक प्रस्ताव

LC (KTM) December 28, 2021 0

काठमाडौं १३ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक प्रतिवेदनमा राम कार्कीले पूरक प्रस्ताव पेश गरेका छन् ।

पार्टीको आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत् गरेका थिए । त्यसको भोली पल्ट आज मंगलबार कार्कीले प्रचण्डको प्रतिवेदनमाथि पूरक प्रस्ताव पेश गरेका हुन् ।

क्रान्तिकारी कम्युनिष्टहरुले संसदको उपयोग गर्ने नाममा संसदवादमा भासिएको बताएका छन् ।नयाँ नयाँ भुगोलमा विचरण गरेर तथा आफ्नो स्वरुप, ढाँचा र तरिकाहरुलाई हेरफेर गरेर पुँजीवादीसंकट क्रान्तिकारी संकटमा फड्को हान्नबाट रोकिएको छ ।

उनले आफ्नो पुरक प्रतिवेदनमा पार्टीले आफ्नो गतिविधिलाई चुनाव लड्ने र सरकार बनाउने गतिविधिमा बन्धक बनाउन नहुने समेत बताएका छन् ।

‘मजदुर-किसान जस्ता आधारभूत तहका जनताको निगरानी ती विकास निर्माण आदिमा कायम हुन नसक्दासम्म हाम्रो संघीयता जनतालाई पीडा प्रदान गर्ने ुुबुख्याँचाु’ सावित हुनेछ ।’

प्रतिवेदनमा भनेका छन्,
‘प्रतिवेदनमा अघि भनेका छन्, हाम्रो आर्थिक, राजनीतिक, सामाजिक, साँस्कृतिक र शैक्षिक नशाहरुबाट सामन्तवादको विष नउत्रदै दलाल तथा नोकरशाही पुँजीवादका विषहरु फैलिए । समय र परिप्रेक्षअनुसार पुँजीवाद बिभिन्न मायावीरुपमा प्रकट हुने गर्दछ । हामी के कुरामा ढुक्क हुनु पर्छ भने हाम्रो मुख्य लडाईं पुँजीवादका विरुद्ध हो र यसमाथिको विजयबाट प्राप्त हुने समाजवाद हो । दलाल पुँजीवाद समाप्त गरेर राष्ट्रिय पुँजीवाद कायम गर्ने सोच भनेको यथास्थितमै रमाइरहने सोच हो ।

यस्तो छ कार्कीको पुरक प्रतिवेदन ;

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर