दुई महिनापछि मन्त्रालयको पुनर्संरचना गरेर धेरै राम्रो गर्नुभयो भनेर जनताले स्याबास भन्ने दिन आउँछ — OSNepal

दुई महिनापछि मन्त्रालयको पुनर्संरचना गरेर धेरै राम्रो गर्नुभयो भनेर जनताले स्याबास भन्ने दिन आउँछ

LC (KTM) December 28, 2021 0

काठमाडौं १३ पौष । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले दुई महिनापछि मन्त्रालयको पुनर्संरचना गरेर धेरै राम्रो गर्नुभयो भन्ने दिन आउँने ठोकुवा गरेका छन् ।नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहस सहभागी भएका मुख्यमन्त्री पाण्डेले यस्तो दावी गरेका ह्ुन् ।

‘तपाईंले मन्त्रालय किन धेरै बनाउनुभयो भनेर सोध्नुभयो, दुई महिनापछि मन्त्रालयको पुनर्संरचना गरेर धेरै राम्रो गर्नुभयो भन्ने दिन आउँछ । जनताले स्याबास भन्ने दिन आउँछ । संसदीय व्यवस्थामा तानाशाही व्यवस्थामा जस्तो निर्णय प्रक्रिया हुँदैन । केही खर्च हुन्छ, तर जनताको अपनत्व हुन्छ ।’ कार्यक्रममा उनले भने ।

पहिले भौतिक पूर्वाधार, सिँचाई, खानेपानी, सडक, पुल आदि सबै हेर्थ्र्यो । सडक र पुलमा प्राथमिकता हुन्थ्यो, ऊर्जा, सिँचाई र खानेपानीमा ध्ष्यान पुग्दैनथ्यो । अब सबैलाई महत्त्व दिन मन्त्रालय टुक्राएका हौं पाण्डेले भनेका छन् ।

खर्च हुन्छ भन्ने हो भने केन्द्रमा एउटा सरकार मात्र चलाए भइगोनि भनेका उनले एक जना मन्त्रीले विशेष जिम्मा लिन पायो भने बढी काम हुन सक्ने बताएका छन् ।

मन्त्रालयका निम्ति करोडौं खर्च हुन्छ भनेर मात्र होइन, करोडौं राजस्व समयमा उठाउन नसकेर अलपत्र परेको पनि ख्याल गर्नुपर्ने उनले तर्क राखेका छन् ।

‘संघीयताले केन्द्रमा घटाएको भार घटाएर प्रदेशलाई जिम्मा दिएको छ । हिजो केन्द्रले गरेका काम अब प्रदेशले गर्ने हो । केही पनि नगरेर बस्यो भने त खर्च नै हुँदैन नि ।’ पाण्डेले कार्यक्रममा भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर