झापामा बजार सजाउन राखिएको गमलामा ठोक्किएर एक मोटरसाईकल चालकको मृ त्यु — OSNepal

झापामा बजार सजाउन राखिएको गमलामा ठोक्किएर एक मोटरसाईकल चालकको मृ त्यु

LC (KTM) May 30, 2021 0

झापाको दुधेमा बजार सजाउन राखिएको गमलामा ठोक्किएर एक मोटरसाईकल चालकको मृ त्यु भएको छ । मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा आइतबार राति ८ बजे एक जना युवकको मृ त्यु भएको हो ।

मृ त्यु हुनेमा शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का ४० वर्षीय जीवनकुमार दर्नाल रहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।शिवगञ्जबाट दुधेतर्फ आउँदै गरेको मे१२प २३८४ नम्बरको मोटरसाइकल बजार सजावटका लागि राखिएका फूलसहितको गमलामा ठोक्किएको थियो। दर्नालको उपचारका लागि विर्तामोड लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर