धरानको अस्थायी प्रहरी चौकी भित्र पसेर असइ माथि आक्र मण गर्ने पक्राउ — OSNepal

धरानको अस्थायी प्रहरी चौकी भित्र पसेर असइ माथि आक्र मण गर्ने पक्राउ

LC (KTM) May 30, 2021 0

गएको बिहीबार साँझ अस्थायी प्रहरी चौकी धरानमा आक्र मण गर्नेहरु पक्राउ परेका छन् । केही भने पक्राउ पर्न बाँकि रहेका छन् । घटनामा संलग्न ३ जना युवाहरू पक्राउ परिसकेको प्रहरी स्रोतले जनाएको छ ।

घटनाका मुख्य नाइके पक्राउ परिसकेको दाबी गरिए पनि उनको र अन्य पक्राउ परेकाहरुको नाम खुलाइएको छैन । घटना घटेकै समयमा प्रहरी चौकीमा धम्की दिएको भन्दै आई पुगेका दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।

केही प्रगति भएको भनिएको सो घटनाको प्रहरीले गम्भीरताका साथ अनुसन्धान जारी रहेको र थुप्रै युवाहरू संलग्न भएकाले केहीलाई पक्राउ गरिएको भए पनि उनीहरूको बारेमा प्रहरीले केही भनेको छैन ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले घटनाअनुसन्धानकै क्रममा रहेकोले अहिले सम्मको विवरण नभनिएको र केही प्रगति प्रहरीले गरेको दाबी गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर