प्रदेश १ मा आज ८ जनामा मात्रै कोरोना संक्रमण , १ जनाको मृत्यु — OSNepal

प्रदेश १ मा आज ८ जनामा मात्रै कोरोना संक्रमण , १ जनाको मृत्यु

LC (KTM) December 27, 2021 0

प्रदेश १ मा पछिल्लो २४ घण्टामा एकदमै कम संख्यामा कोरोना संक्रमण भएको छ । २४ घण्टा यता ८ जनामा मात्र कोरोना संक्रमण भएको हो । ३२९ जनाको पीसीआर परीक्षण गर्दा ७ जना र ७० जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार झापामा ५, मोरङ र पाँचथरमा १–१ जनामा संक्रमण देखिएको हो ।

झापाको भद्रपुरमा २, हल्दिबारी, मेचीनगर र कनकाईमा १–१, मोरङको विराटनगरमा र पाँचथरको फिदिममा १–१ जनामा संक्रमण देखिएको हो । प्रदेश १ मा आज १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५ महिला र १२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाटका एक पुरुषको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १०२ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर