कर्तव्य ज्यान मुद्दामा डिल्लीबजार कारागारमा कैद भुक्तान निलम्बित सांसद चौधरीले पौष १९ गते नयाँ दल दर्ता गर्दै — OSNepal

कर्तव्य ज्यान मुद्दामा डिल्लीबजार कारागारमा कैद भुक्तान निलम्बित सांसद चौधरीले पौष १९ गते नयाँ दल दर्ता गर्दै

LC (KTM) December 27, 2021 0

काठमाडौं १२ पौष । कर्तव्य ज्यान मुद्दामा डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका निलम्बित सांसद रेशमलाल चौधरीले नयाँ दल दर्ता गर्ने भएका छन् ।

यही पौष १९ गते नागरिक समाजवादी पार्टी नामक नयाँ दल दर्ता गर्ने चौधरीले जनाएका छन् ।

थरूहट क्षेत्रलाई आधारभूमि बनाएर दर्ता गर्न लागिएको उत्तः दलको चुनाव चिन्ह भने ढकिया राखिने निकट स्रोतले जनाएको छ ।

पार्टीमा थारु र पहाडीहरु सबैलाई समावेशी गरिने बताइएको छ साथै २०१ जनाको केन्द्रीय सदस्य रहनेगरि यो दल निर्वाचन आयोगमा दर्ता गरिन लागेको बताइएको छ ।

दल दर्ताको लागि बाजागाजासहित नेता तथा कार्यकर्ताहरु निर्वाचन आयोग जाने तयारमिा समेत भएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर