अपराजित रहदै नेपाली महिला टोली एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको फाइनलमा प्रबेश — OSNepal

अपराजित रहदै नेपाली महिला टोली एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको फाइनलमा प्रबेश

LC (KTM) December 27, 2021 0

नेपाली महिला टोली अपराजित रहदै बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको फाइनलमा प्रबेश गरेको छ । नेपालको यो लगातार पाँचौ जित हो । बंगलादेशको राजधानी ढाकामा आज राउण्ड रोबिनको अन्तिम खेलमा किर्गिस्तान लाई ३ -० को सोझो सेटमा पराजित गर्दै नेपालले लगातार पाँचौं जित निकालेको हो ।

नेपालले किर्गिस्तानमाथि २५-८,२५-१४ र २५-१७ को सेटमा जित निकाल्न सफल भएको हो । आजको यो जितसँगै नेपालले शीर्ष स्थानमा रहदै फाइनलमा स्थान सुरक्षित गरेको छ । नेपालको ५ खेलमा १४ अंक रहेको छ । यस अघि नेपालले श्रीलंका, माल्दिभ्स, बंगलादेश, उज्वेकिस्तानलाई पराजित गरेको छ ।

नेपाल एक खेल अगाडी नै फाइनलमा पुगेको थियो । अब नेपालले उपाधिका लागि उज्वेकिस्तानसँग भोली खेल्नेछ । श्रीलंका र किर्गिस्तानले तेस्रो स्थानमा लागि खेल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर