माओवादीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित १५ जना पदाधिकारी हुने — OSNepal

माओवादीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित १५ जना पदाधिकारी हुने

LC (KTM) December 27, 2021 0

काठमाडौं १२ पौष । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्द सत्रमा १५ सदस्यीय पदाधिकारीको व्यवस्था गरिएको छ ।

बन्द सत्रमा स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदा प्रस्तुत गर्दै १५ जना पदाधिकारी र २९९ जना सदस्यीय हुने जनाएका हुन् ।

गुरुङले प्रस्तुत गरेका विधान मस्यौदा अनुसार एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्षसहित १५ सदस्यीय पदाधिकारी रहने भएका छन् ।

केन्द्रिय सदस्यसमितिमा १० प्रतिशत मनोनीत गर्न सकिने प्रस्ताव पनि गुरुङले राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर