रावलको आक्रोश : एमसीसीबाट आउने रकमलाई ‘सित्तैमा आएको’ भनी देशको प्रधानमन्त्रीले भन्नु जनता ठग्ने लज्जास्पद अभिव्यक्ति — OSNepal

रावलको आक्रोश : एमसीसीबाट आउने रकमलाई ‘सित्तैमा आएको’ भनी देशको प्रधानमन्त्रीले भन्नु जनता ठग्ने लज्जास्पद अभिव्यक्ति

LC (KTM) December 27, 2021 0

काठमाडौं १२ पौष । नेकपा एमालेका नेता भीम रावलले एमसीसीको विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति प्रति आपत्ती जनाएका छन् ।

आइतबार सुरु भएको नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी राष्ट्रघाती भन्नेले पढेको छ कि छैन ?,” ‘म पनि देशको प्रधानमन्त्री हो राष्ट्रघाती सम्झौता गरौँला त रु नेपालको हितमा छ सित्तैमा आएको पैसा हो बुझ्नुपर्‍यो क्या !’ भनेका थिए ।

यही विषयलाई लिएर नेता रावलले सामाजिक सञ्जाल मार्फत आक्रोश पोखेका हुन् । उनले भनेका छन्, यस्तो कुरा नेपाल सार्वभौम स्वाधीन र लामो सभ्यता भएको देश ठान्ने कसैले गर्न सक्दैन ।

नेपाललाई अमेरिकी सामरिक स्वार्थमा दुरुपयोग गर्न एमसीसीअन्तरगत आउन रकमलाई ‘सित्तैमा आएको’ भनी देशको प्रधानमन्त्रीले भन्नु जनता ठग्ने लज्जास्पद अभिव्यक्ति
भएको रावलले बताएका छन् ।

उनले ट्वीटमा भनेका छन्, ‘मूल सम्झौतासँगै आधा दर्जन सम्झौता गरी नेपाललाई अमेरिकी सामरिक स्वार्थमा दुरुपयोग गर्न एमसीसीअन्तरगत आउन रकमलाई ‘सित्तैमा आएको’ भनी देशको प्रधानमन्त्रीले भन्नु जनता ठग्ने लज्जास्पद अभिव्यक्ति । यस्तो कुरा नेपाल सार्वभौम स्वाधीन र लामो सभ्यता भएको देश ठान्ने कसैले गर्न सक्दैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर