कमलादीस्थित प्रज्ञा भवनमा अध्यक्ष प्रचण्डबाट राजनीतिक प्रतिवेदन प्रस्तुत् — OSNepal

कमलादीस्थित प्रज्ञा भवनमा अध्यक्ष प्रचण्डबाट राजनीतिक प्रतिवेदन प्रस्तुत्

LC (KTM) December 27, 2021 0

काठमाडौं १२ पौष । नेकपा माओवादी केन्द्रको बन्दसत्रमा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत् गरिरहेका छन् ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको बन्द सत्रमा प्रचण्डले आफ्नो प्रतिवेदन प्रस्तुत् गर्दै छन् । आइतबारबाट सुरु भएको महाधिवेशन पौष १२५ गते सम्म चल्ने भएको छ ।

आठौं महाधिवेशनले १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय सदस्य चयन गर्ने भएको छ ।

अध्यक्ष प्रचण्डले वाचन गरिरहेका प्रतिवेदन महाधिवेशन प्रतिनिधिहरुलाई भने बाँडिएको छैन । प्रतिवेदन माथि छलफल गर्न २८ समूहमा बनाइएको छ ।

यो  पनि  ...

माओवादी केन्द्रको महाधिवेशनको बन्द शत्र सुरु , अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन प्रस्तुत गरिने

काठमाडों १२ पौष । नेकपा माओवादी केन्दको जारी आठौंं महाधिवेशनको बन्द शत्र सुरु भएको छ । महाधिवेशनको उदघाटन समारोह सम्पन्न भएसँगै सोही स्थान कमलादीस्थित प्रज्ञा भवन सोमबार बन्द शत्र सुरु भएको हो ।

सुरु भएको बन्द शत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदनहरु पेस हुने र ती प्रतिवेदनहरुमा समूहगत तथा नयाँ नेतृत्व चयनको विषयमा समेत छलफल हुने भएको छ ।

महाधिवेशन अगाडी बसेको पार्टीको केन्द्रीय समितिको बैठकले विधानमा १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव राखेको थियो । १५ जना पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहने भएको छ ।

साथै बन्द शत्रमा पेश गरिएको राजनीतिक र विधान पारित भएपछिमात्र नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडी बढाइने भएको बताइएको छ ।

समुहगत छलफलको लागि २८ वटा समुह बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर