सप्तरी, १२ पुस – सप्तरीको बोदेबर्साइन नगरपालिका-५ पहिचान हुन नसकेकाे रोगका कारण पशुचौपाया मर्न थालेका छन् । एक सातादेखि फैलिएको रोगको संक्रमणबाट दिनहुँ पशुचौपाया मर्न थालेका हुन् ।
स्थानीय पशुपालक किसान गोपालप्रसाद सिंहका अनुसार रोगका कारण एक दर्जन पशुचौपाया मरिसकेका छन् । कयाैँ बिरामी छन् ।
मुखबाट र्याल आउने, काप्ने, छट्पटाउने, खुट्टा सुन्निने, खुट्टा र मुखमा घाउ हुने, पेट फुल्ने र झोक्रिएर बस्नेजस्ता लक्षण पशुमा देखिने गरेको छ । सिंहका मात्र दुईवटा चौपाया मरिसकेका छन् ।
पशु चिकित्सा परिषद्को अध्यक्ष र सदस्यका लागि विज्ञापन खुल्यो : सरकारले नेपाल पशु चिकित्सा परिषद्को अध्यक्ष र सदस्यका लागि विज्ञापन आह्वान गरेको छ । खुला प्रतिस्पर्धाबाट अध्यक्ष र दुई जना सदस्य नियुक्त गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सोमबार दरखास्त आह्वान गरेको हो ।
अध्यक्षका लागि ‘क’ श्रेणीको पशु चिकित्सक हुनुपर्ने र उमेर ३५ वर्ष पुगेको हुनुपर्नेछ भने सदस्यका लागि ‘ख’ श्रेणीको पशु चिकित्सक र ३० वर्ष उमेर पुगेको हुनुपर्नेछ ।
नेपाली नागरिक, फौजदारी अभियोगमा सजाय नपाएका व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र मन्त्रालयको बोर्ड संस्थान डेक्समा आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।