दुई सय मिटरको दुरीमा एक किशोर र एक किशोरीको शव झण्डिएको अवस्थामा फेला , घटना रहस्यमय — OSNepal

दुई सय मिटरको दुरीमा एक किशोर र एक किशोरीको शव झण्डिएको अवस्थामा फेला , घटना रहस्यमय

LC (KTM) December 27, 2021 0

काठमाडौं १२ पौष । दुई सय मिटरको दुरीमा एक किशोर र एक किशोरीको शव मृत अवस्थामा फेला परेको छ ।

कैलालीको गौरीगंगा नगरपालिका-३ को जुनेली शिविरमा दुवैको शव झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीय खुसीराम चौधरीकी १६ वर्षीया छोरी सन्जु आफ्नै घरभित्र सलको पासो लगाएर झण्डिएको अवस्थामा फेला परेकी थिइन् भने बाँधुराम चौधरीका १९ वर्षीय छोरा मायाराम चौधरी किशोरीको घरबाट दुई सय मिटर पर रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

आइतबार साँझ मृत अवस्थामा फेला परेका दुवै जनाको मृत्युको कारणबारे अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर