प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि सिदिङ्वालाई — OSNepal

प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि सिदिङ्वालाई

LC (KTM) December 27, 2021 0

ताप्लेजुङ, १२ पुस – ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले आयोजना गरेको प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि सिदिङ्वा गाउँपालिकाले जितेको छ ।

फुङलिङ नगरपालिकालाई ३-० को सोझो सेटमा हराउँदै सिदिङ्वा गाउँपालिकाले उपाधि जितेको हो । उपाधिसँगै सिदिङ्वा गाउँपालिकाले ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ नगदका साथ सिरिजंगा लिपि अंकित २ सय ६१ तोला चाँदीको रनिङ ट्रफी,मेडल र प्रमाणपत्र पाएको छ ।

उपविजेता भएको फुङ्लिङले नगद १ लाख ५१ हजार १ सय ५१ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाएको छ । फुङलिङलाई हराउने क्रममा सिदिङ्वाले २५-१९,२५-२१ र २५-१६ को नतिजा निकाल्यो ।

यस्तै प्रतियोगितामा सान्त्वना हुने पाथीभरा याङ्वरक गाउँपालिका र फक्ताङ्लुङ गाउँपालिकाले जनही नगद ५५ हजार ५ सय ५५ रुपैयाँका दरले रकम तथा ट्रफी,मेडल र प्रमाणपत्र भएका पाएका छन् । गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले बिजयी टिम तथा खेलाडीलाइ नगद,ट्रफी,मेडल र प्रमाणपत्र वितरण गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर